ट्रेण्डिङ

होमपेज / खेलकुद

एसिया कपमा नेपाल र बंगलादेश भिड्दै

नेपालगाथा २०८२ मंसिर २९ गते सोमबार ११:००:१० मा प्रकाशित

काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज(साेमबार) दोस्रो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

दुबईमा नेपाल र बंगलादेशको खेल बिहान १०ः४५ बजे सुरु हुँदैछ । यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशाला भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो । नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब रहेकाे छ । प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेकाे छ ।

मंसिर २६ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top