ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षमा नेपाली काँग्रेस 

नेपालगाथा २०७९ माघ ६ गते शुक्रबार १४:३३:५१ मा प्रकाशित


सुर्खेत नेपाली काँग्रेसले कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ ।

नेपाली कांग्रेस कर्णाली प्रदेश सभाका संसदीय दलका नेता जीवनबहादुर शाहीले नेपाली काँग्रेस एउटा देशको ठूलो शक्ति र निडर पार्टी भएकाले कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत नदिई प्रतिपक्षमा रहने घोषणा गरेका छन्।

उनले कर्णाली प्रदेश सभामा गठबन्धनको मत नै बहुमत भएकाले कांग्रेसले तरकारी माथि तरकारी नथप्ने भन्दै अभिव्यक्ति दिएका छन् । तर कुनै कालखण्डमा कर्णाली प्रदेशसभाका मुख्यमन्त्रीलाई विश्वासको मत आवश्यकता परेमा नेपाली कांग्रेस दुई मतमा नपरी  सहयोग गर्ने समेत जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top