ट्रेण्डिङ

होमपेज / समाज

त्रिभुवन विश्वविद्यालयकाे पठनपाठन र पूर्वाञ्चल विश्वविद्यालयकाे परीक्षा पनि स्थगित

नेपालगाथा २०८२ भाद्र २६ गते बिहीबार १५:०७:३७ मा प्रकाशित

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयकाे पठनपाठन स्थगित भएकाे छ । बिहीबार त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारकाे कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख लिल्ली थापा क्षेत्रीद्वारा हस्ताक्षर पत्रमा मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे विदाबाट कटाैती गर्ने गरी कात्तिक ९ गतेसम्म सम्पूर्ण पठनपाठन कार्य बन्द हुने जनाइएकाे छ । साथै कात्तिक ११ गतेबाट नियमित पठनपाठन शुरुवात हुने पनि जनाइएकाे छ । 

यसैगरी पूर्वाञ्चल विश्वविद्यालयबाट सञ्चालित सम्पूर्ण परीक्षा पनि स्थगित भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयका परीक्षा नियन्त्रक बालेन्दु हमालले बुधबार नै एक सूचना प्रकाशित गरेर अर्काे सूचना नभएसम्मका लागि हाललाई स्थगन गरिएकाे जनाइएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top