ट्रेण्डिङ

होमपेज / खेलकुद

फिफा विश्वकप २०२६ का नकआउट चरणमा पुग्ने ३२ वटा टोलीको टुंगो

फ्रान्स र जर्मनीमध्ये एक टोली अन्तिम १६ मै घर फर्किने

नेपालगाथा २०८३ असार १४ गते आइतबार १३:२७:५६ मा प्रकाशित

काठमाडौं। फिफा विश्वकप २०२६ का समूह चरणका खेलहरु सकिएसँगै नकआउट चरणमा पुग्ने ३२ वटा टोलीको टुंगो लागेको छ। राउन्ड अफ ३२ को समीकरण पूरा भएसँगै अब विश्वकपमा दाबेदार रहेका र राम्रो प्रदर्शन गर्दै नकआउट चरणमा पुगेका टीमहरुबीच कहिले र कोसँग प्रतिस्पर्धा हुन्छ भन्नेबारे चासो बढेको छ।

समूह ए बाट मेक्सिको समूह विजेता हुँदै नकआउट चरणमा प्रवेश गर्दा दक्षिण अफ्रिकाले उपविजेताका रुपमा नकआउटमा स्थान बनायो। 

समूह बी मा स्विट्जरल्यान्ड समूह विजेता, क्यानडा उपविजेता र बोस्निया एन्ड हर्जगोभिना उत्कृष्ट तेस्रो टोलीका रुपमा नकआउट चरणमा पुगे। 

समूह सी मा ब्राजिल र मोरक्कोको समान ७–७ अंक रहेपनि गोल अन्तरका आधारमा ब्राजिल विजेता र मोरक्को समूह उपविजेता बन्यो। 

यस्तै, समूह डी बाट अमेरिका विजेता र अष्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरे। पाराग्वे पनि उत्कृष्ट तेस्रो टोली बन्दै नकआउट चरणमा पुग्याे।

समूह ई बाट जर्मनी विजेता र आइभरी कोस्ट उपविजेता बने। इक्वेडर उत्कृष्ट तेस्रो टोलीका रुपमा नकआउट चरणमा प्रवेश गर्याे ।

समूह एफबाट नेदरल्यान्ड्स विजेता र जापान उपविजेताका रुपमा नकआउट चरणमा पुगे। यस्तै, तेस्रो स्थानमा रहेको स्विडेनले पनि उत्कृष्ट तेस्रो टोलीका रुपमा नकआउटमा स्थान बनायो। 

समूह जी बाट बेल्जियम विजेता र इजिप्ट उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरे। यता, अन्तिम खेलमा अष्ट्रिया र अल्जेरियाले बराबरी खेलेसँगै यस समूहको तेस्रो स्थानको इरान बाहिरिन पुग्यो।

समूह एच बाट स्पेन समूह विजेता बन्दा पहिलो पटक विश्वकप खेलेको केप भर्डले पहिलो सहभागितामै विश्वकपको नकआउटमा स्थान बनायो। 

समूह आई बाट फ्रान्स विजेता र नर्वे उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरे। यस्तै, तेस्रो स्थानको सेनेगलले पनि उत्कृष्ट तेस्रो टोलीका रुपमा अन्तिम ३२ मा स्थान बनायो। 

समूह जे मा शतप्रतिशत जितसहित अर्जेन्टिना समूह विजेता बन्यो। यस्तै, अष्ट्रियो दोस्रो तथा अल्जेरिया उत्कृष्ट तेस्रो रहँदै नकआउटमा प्रवेश गरे। 

समूह के बाट कोलम्बिया विजेता र पोर्चुगल उपविजेताका रुपमा नकआउटमा प्रवेश गरे। तेस्रो स्थानको डीआर कंगोले पनि उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै नकआउटमा स्थान बनायो। 

समूह एल बाट इंग्ल्यान्डले समूह विजेता र क्रोएसियाले उपविजेताका रुपमा अन्तिम ३२ मा स्थान बनाए। घाना उत्कृष्ट टोलीका रुपमा नकआउटमा पुग्याे । 

राउन्ड अफ ३२ मा कुन–कुन टीम भिड्दैछन् ?
दक्षिण अफ्रिका र क्यानडा
ब्राजिल र जापान
जर्मनी र पाराग्वे
नेदरल्यान्ड्स र मोरक्को
आइभरी कोस्ट र नर्वे
फ्रान्स र स्विडेन
मेक्सिको र इक्वेडर
इंग्ल्यान्ड र डीआर कंगो
बेल्जियम र सेनेगल
अमेरिका र बोस्निया एन्ड हर्जगोभिना
स्पेन र अष्ट्रिया
पोर्चुगल र क्रोएसिया
स्विट्जरल्यान्ड र अल्जेरिया
अष्ट्रेलिया र इजिप्ट
अर्जेन्टिना र केप भर्ड
कोलम्बिया र घाना

प्रतिक्रिया

सम्बन्धित खवर

Top