ट्रेण्डिङ

होमपेज / खेलकुद

अर्जेन्टिना विश्वकपको नकआउट चरणमा प्रवेश

लियोनल मेसीको विश्वकपमा कीर्तिमानी गोल संख्या १८

नेपालगाथा २०८३ असार ९ गते मंगलबार ०८:०२:४९ मा प्रकाशित

काठमाडौं। फिफा विश्वकप २०२६ को गए राति सम्पन्न भएकाे खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलले हराउँदै राउन्ड अफ ३२ मा पुगेको छ। याे सँगै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा प्रवेश गरेकाे छ ।

अर्जेन्टिनाको जितमा दुवै गोल कप्तान लियोनल मेसीले गरे। उनले खेलको ३८ औं मिनेटमा पहिलो गोल गरेका हुन्। उक्त गोलसँगै मेसीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाए।

मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १७ पुर्‍याए। यससँगै उनले जर्मनीका पूर्व फरवार्ड मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान तोडेका हुन्।

समूह जे अन्तर्गत अर्जेन्टिनाको दुई खेलबाट ६ अंक छ भने अष्ट्रिया ३ अंकका साथ दोस्रो स्थानमा छ। जोर्डन र अल्जेरिया अंकबिहीन छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top