होमपेज / विचार
आज संसारका मानिसहरु विभिन्न रोगहरुसँग संघर्ष गरिरहेका छन् । संसारमा विनाशकारी बनेको कोरोना भाइरस (कोभिड–१९) मात्रै नभएर अन्य विभिन्न रोगहरुबाट मृत्यु हुने र पीडित हुनेको संख्या पनि अनगिन्ति नै छ । कोरोना भाइरसविरुद्ध खोप बनाउन र त्यसको परीक्षण गर्नमा संसारभरिका साना तथा ठूला मुलुकका वैज्ञानिकहरु आफ्नो पुरै शक्तिका साथ लागि परेका छन् । किनभने यस भाइरसका कारण संसारमा आर्थिक र स्वास्थ्य क्षेत्रमा ठुलो नकारात्मक असर परेको छ ।
नेपालको अवस्थामा कुरा गर्ने हो भने आजसम्म ९ जनामा संक्रमण देखिएको छ । सरकारले संक्रमण फैलिन नदिन देश नै लकडाउन गरी कडा निगरानी गरिरहेको छ । हामी विश्वस्त छौं कि, सायद यो संख्या नबढ्ला तर के आज कोरोना भाइरस (कोभिड–१९) मात्रै संसारको स्वास्थ्य समस्या हो र ? पक्कै पनि हैन । भाइरस त आउछन् र कुन प्रयास भइरहेको छ, यसको खोप पनि चाँडै बन्ला तर आज संसारनै अन्य स्वास्थ्य समस्य बाट गुज्रिरहेको छ ।
अन्य स्वास्थ्य समस्या र यसको उपायको बारेमा संसारमा भएका प्रयास र अन्य रोग जस्तै ः सुगर, प्रेसर, अल्सर, ग्यास्ट्रिक, युरिक एसिड, किड्नीसम्बन्धी रोग, मुटुरोग जस्ता विभिन्न रोगलाई कसरी नियन्त्रण गर्न सकिन्छ र पीडित हुनुको कारण के–के हुन् केही जानकारी लिउँ ।
ज्ञान र चेतनाको कमीले धेरै जसो मानिस सबै रोगका लागि अस्पताल जाने र लक्षण अनुसारको रोकथामका विभिन्न साइड–इफेक्ट भएका औषधिको प्रयोग गर्ने गरिरहेका छन् । जसले गर्दा रोकथाम मात्र हुने रोग पुरै निको नहुने समस्या हामी सबैलाई थाहा भएकै कुरा हो । भविष्यमा त्यही औषधिबाट अरु स्वास्थ्य समस्या हुने गरेका छन् । यो अवस्थामा के गर्ने त ? हाम्रो शरीरमा लागेको रोग साइड–इफेक्ट नभएको औषधि प्रयोग नगरी पुर्ण रुपमा स्वास्थ्य बनाउन के उपाय अपनाउन सकिन्छ त ?
आज रोग लाग्नुको कारण हाम्रो खाना स्वास्थ्य नहुनु, खराव वातावरण, असन्तुलित खाना, खराब पानी पनि हुन् । हाम्रो शरीरमा ८० प्रतिशत रोग खानाको कारणले लाग्ने गर्छ र यसको उपचार खाना खाएर नै गर्न सकिन्छ तर कस्तो खाना ?
हाम्रो खानामा पोषण तत्व छैन । आज दैनिक रुपमा हामीले खाइरहेका खानामा ज्यादा मात्रामा विषादी प्रयोग भएका र खाना दुषित भएका कारणले खानाबाट पाइने पोषण तत्व हाम्रो शरीरलाई पूरा हुँदैन । आजको दिनमा खानाको परिपुरक (फुड सप्लिमेन्ट) बिना हामी खाना मात्रै खाएर स्वास्थ्य हुन सम्भव छैन भनेर रेडी इस्ट्र्याण्डको किताबमा पनि उल्लेख गरिएको छ ।
संसारमा लाखौं कम्पनीहरु फुड सप्लिमेन्टको व्यापार गरिरहेका छन् । तर कस्ता फुड सप्लिमेन्ट सबैभन्दा लाभदायक र हाम्रो शरीरलाई फाइदाजनक छन् ?
महाभारतको इतिहासदेखि नै हेर्दा आयुर्वेद सिद्ध र युनानी चिकित्सा पद्धति जुन पुर्ण रुपमा प्राकृतिक र प्रभावकारी उपचार भनेर चिनिन्छ । आधुनिक संसारमा वैज्ञानिक पद्धतिबाट आएका र यी ३ उपचार पद्धतिको समायोजनबाट बनेका फुड सप्लिमेन्ट नै सबैभन्दा प्रभावकारी मानिन्छ जसबाट लगभग सबै रोगको उपचार सम्भब छ ।
के हो त फुड सप्लिमेन्ट ?
खानाको परिपुरक एक उत्पादित उत्पादन हो । जुन खानपिनको स्रोतहरुबाट निकालिएको हुन्छ । जसले मानव शरीरलाई चाहिने पोषण प्रदान गर्न सक्छ वा कम्तिमा संयोजनमा खानपिनको स्रोतहरुको उपभोगको मात्रा बढाउने गर्दछ ।
के हो त आयुर्वेद, सिद्ध र युनानी पद्दति ?
आयुर्वेद
आयुर्वेद औषधि ९००० वर्षभन्दा पुरानो हो । संस्कृतबाट आयुर्वेद अनुवादको अर्थ ‘जीवनको ज्ञान’ हो । यी परिभाषाले स्वास्थ्यका बारेमा यसको दृष्ट्रिकोण कति आधुनिक छ भन्ने संकेत दिन मद्दत गर्छ । यी मध्ये एक २००० भन्दा पुरानो हो र आयुर्वेदिक चिकित्सा सबैभन्दा महत्वपूर्ण आधारभूत कार्यहरुबाट उत्पन्न भएको हो । भारतीय इतिहासलाई हेर्ने हो भने आयुर्वेद नै प्रमुख उपचार मानिन्थ्यो । नेपालका आयुर्वेदिक डाक्टर विपी तिमिल्सिनाका अनुसार आयुर्वेदिक औषधि भहतचबअतभम र नचबलगबिच पद्धतिमा हुदा सम्पूर्ण रोग ठीक गर्न सकिन्छ भन्ने छ ।
सिद्ध
दक्षिण भारतमा प्रचलित चिकित्सा प्रणालीको एक प्राचिन प्रणाली ‘सिद्ध’ भन्ने शब्द पूर्णताका लागि तामिल शब्दबाट आएको हो । ‘सिद्ध’ चिकित्सामा व्यक्ति ब्रम्हाण्डको सुक्ष्मदर्शी हो । त्यहा शरीर, दिमाग र आत्माको बराबर जोड छ । व्यक्तिको जन्मजात शरीरको पुनः स्थापना गर्ने कोशिस गर्दछ । यसले हाम्रो शरीरको सातवटै चक्रलाई सही स्थानमा राखी शरीरलाई स्वास्थ्य राख्नमा मद्दत गर्दछ । साथै हाम्रो शरीरबाटै जन्म भएका रोगहरुलाई ठीक गर्ने क्षमता राख्दछ र रोग प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ ।
युनानी चिकित्सा पद्धति
युनानी प्रणाली वैकल्पिक औषधिको प्रणालि हो । जुन प्राचिन ग्रिसबाट सुरु भएको थियो । अहिले भारतमा यो अभ्यास गरिन्छ । जडिबुटी उपचार आहार अभ्यास नै कल्पिक उपचारको प्रयोगमा समावेश गरी युनानी औषधिले रोग र रोकथामको उपचार सम्बोधन गर्दछ ।
मेडिकल साइन्सका पिता हिप्पोक्रेट्सका अनुसार हाम्रो खाना नै औषधि र औषधि नै खाना हुनपर्छ भन्नुभएको छ र यो पूर्ण रुपमा प्राकृतिक र प्रभावकारी उपचार मानिन्छ ।
आजको वैज्ञानिक दुनियाँमा यी तीन पद्दतिबारे बनेका फुड सप्लिमेन्टको मद्दतले हामी सबै रोगको उपचार गर्न सक्नेछौं । केही सीमित रोगको लागि मात्रै हामी अस्पताल जानुपर्छ । त्यसका लागि सबैलाई यो उपचार पद्दतिको बारेमा जानकारी हुनु आवश्यक छ ।