ट्रेण्डिङ

होमपेज / समाज

औषधि व्यवसायीमाथि सुरक्षाकर्मीको दादागिरी

नेपालगाथा २०७७ बैशाख ५ गते शुक्रबार १८:१२:०१ मा प्रकाशित

सुर्खेत । लकडाउनकाे समयमा शुक्रबार औषधि व्यवसायीमाथि मंगलगढी चोकमा खटिएका नेपाल प्रहरीका असई लोकबहादुर चन्दले अभद्र व्यवहार गरेका छन् । शुक्रबार बिहान १० बजेतिर औषधि ब्यबसायी सुस्मिता फार्मेसीका प्रोपराइटर बालकृष्ण बुढाले नेपाल औषधि व्यवसायी संघ सुर्खेतद्वारा जारी परिचय पत्रलाई माथिको आदेश भन्दै च्यातेका छन् । लकडाउनकाे समयमा समेत औषधि जस्ताे अतिअावश्यक सामग्रीकाे कामका लागि अावत जावत गरिरहेका औषधि व्यवसायीमाथि सुरक्षाकर्मीले  गरेकाे गैर जिम्मेवार हर्कतप्रति नेपाल औषधि व्यवसायी संघले अाफ्नाे अाधिकारिक फेसबुक पेज Ncda Surkhet मार्फत घोर आपत्ति प्रकट गरेकाे छ। साथै असई लोकबहादुर चन्दमाथि उचित कारबाहीको मागसमेत गरेकाे छ ।

नेपाल औषधि व्यवसायी संघ सुर्खेतका पूर्वअध्यक्ष प्रेमबहादुर भण्डारीले यस विषम परिस्थितिमा हामी निजी क्षेत्रबाट स्वास्थ्य सेवामा समर्पित स्वास्थ्यकर्मी र औषधि व्यवसायीहरूको मनोबललाई उच्च बनाई परिचालन गरी आम नागरिकहरूले छिटो छरितो सेवा पाउने वातावरण निर्माण गर्नुको साटो हाम्रो मनोबल गिराउने र कामगर्ने वातावरण बिगार्ने खालका ग़लत क्रियाकलापहरूको जति नै निन्दा गर्दा पनि कम हुने बताउनुभयाे । साथै उहाँले यस्ता ग़लत हर्कतहरूका विरूद्ध आवाज़ उठाईदिनु हुन र औषधि व्यवसायीहरूको मनोबललाई उच्च बनाई  काम गर्ने वातावरण निर्माणका लागि आवश्यक पहल गरिदिनुहुन सम्बन्धित सरोकारवाला सबैमा अनुराेध समेत गर्नुभएकाे छ ।

नेपाल औषधि व्यवसायी संघले सवारी पासका लागि सम्वन्धित निकाय समक्ष अनुराेध गरे पनि सराेकारवाला निकायबाट औषधि व्यवसायीले अाफ्नाे फर्मकाे कागजपत्र र अाफ्नाे परिचयपत्र देखाएमा हुने जनाएकाे छ । साेही सूचनाका अाधारमा नेपाल औषधि व्यवसायी संघले फर्मकाे कागजपत्र र परिचयपत्र बाेकेर औषधि जस्ताे अतिअावश्यक कामलाइ निरन्तरता दिइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top