ट्रेण्डिङ

होमपेज / अर्थ

कर्णालीको माटोबाट राष्ट्रिय बीमा बजारमा चम्किएका प्रेमकुमार बि.सी.

नेपालगाथा २०८३ आश्विन ४ गते आइतबार ००:०५:०९ मा प्रकाशित

भैरहवा । कर्णालीलाई केवल भौगोलिक विकटता, गरिबी र अशिक्षाको पहिचानले मात्र चिनिनुपर्छ भन्ने छैन। यही कर्णालीको माटोमा जन्मिएर राष्ट्रियस्तरमा आफ्नो क्षमता, मेहनत र निरन्तरताबाट पहिचान बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् सुर्खेतका प्रेमकुमार बि.सी.।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आर्थिक वर्ष २०८२/८३ को सञ्जाल व्यवसायतर्फ नेपाल प्रथम हुँदै बि.सी.ले व्यक्तिगत सफलता मात्र हासिल गर्नुभएको छैन, उहाँले कर्णालीबाट राष्ट्रिय स्तरमा उत्कृष्ट व्यवसायिक पहिचान बनाउन सकिन्छ भन्ने सकारात्मक सन्देशसमेत प्रवाह गर्नुभएको छ। भैरहवामा सञ्चालन भइरहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यक्रममा शनिबार उहाँलाई सञ्जाल व्यवसायतर्फ नेपाल प्रथम घोषणा गरिएको हो।

नेपाल प्रथम हुनुभएको अवसरमा नेपालगाथासँग कुरा गर्दै बि.सी.ले यो सफलता कुनै एक दिनको उपलब्धि नभई लामो समयदेखिको संघर्ष, निरन्तर मेहनत, अनुशासन, इमान्दारिता र आफ्नो कामप्रतिको प्रतिबद्धताको परिणाम भएको बताउनुभयो।

नेपाल प्रथम हुनुभएको अवसरमा नेपालगाथासँग कुरा गर्दै बि.सी.ले यो सफलता कुनै एक दिनको उपलब्धि नभई लामो समयदेखिको संघर्ष, निरन्तर मेहनत, अनुशासन, इमान्दारिता र आफ्नो कामप्रतिको प्रतिबद्धताको परिणाम भएको बताउनुभयो।

कर्मचारीदेखि राष्ट्रिय स्तरका अभिकर्तासम्म

वि.सं. २०६८/०६९ मा नेशनल लाइफ इन्स्योरेन्समा कर्मचारीका रूपमा प्रवेश गर्नुभएका बि.सी.ले सुर्खेत शाखा र दैलेख शाखामा काम गर्नुभयाे । दैलेख शाखामा काम गर्दै गर्दा बि.सी.काे काठमाडाैंमा सरुवा भयाे । तर उहाँले काठमाडाैं सरुवा भएर जानुभन्दा कर्णाली मै बसेर काम गर्ने मनसायका साथ कर्मचारी नभएर अभिकर्ता बनेर काम गर्ने र कर्णाली मै बसेर देश विदेशका व्यक्तिहरुलाई बीमाका बारेमा जानकारी दिँदै अभिकर्ता बनेर काम गर्ने इच्छा व्यक्त गर्नुभयाे । साेही अनुसार बि.सी.ले उक्त समयदेखि अभिकर्ता बनेर काम शुरु गर्नुभयाे । 

कर्मचारीका रूपमा बीमा व्यवसायलाई नजिकबाट बुझ्ने अवसर पाएपछि उहाँले अभिकर्ताको भूमिकामा प्रवेश गर्दै देशका विभिन्न क्षेत्रमा पुगेर बीमा व्यवसायको विस्तारमा सक्रिय भूमिका निर्वाह गर्नुभयो। केही समय याे बीचको अवधिमा उहाँले अर्को जीवन बीमा कम्पनीमा कर्णाली प्रदेश प्रमुखका रूपमा समेत जिम्मेवारी सम्हाल्नुभयो। विभिन्न संस्थामा काम गर्ने क्रममा प्राप्त अनुभव, बजारको अध्ययन तथा ग्राहकको दीर्घकालीन हितलाई नजिकबाट बुझ्दै उहाँ पुनः नेशनल लाइफसँग अभिकर्ताका रूपमा जोडिनुभयो।

नेशनल लाइफका बीमा योजना, बोनस दर तथा दीर्घकालीन लाभलाई मूल्याङ्कन गर्दै आफूले पुनः यही संस्थालाई रोजेको उहाँ बताउनुहुन्छ।

उपलब्धिको निरन्तर यात्रा

बीमा क्षेत्रमा निरन्तर सक्रिय बि.सी.ले सन् २०२० देखि लगातार MDRT पूरा गर्दै आउनुभएको छ। उहाँले सन् २०२२ र २०२६ मा COT समेत पूरा गर्नुभएको छ भने वि.सं. २०७८ र २०७९ मा सञ्जाल व्यवसायतर्फ नेपाल तृतीय भइसक्नु भएकाे छ ।नेशनल लाइफको Triple Centurion बन्न सफल उहाँले आर्थिक वर्ष २०८२/८३ मा सञ्जाल व्यवसायतर्फ नेपाल प्रथम हुँदै आफ्नो सफलताको यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थप्नुभएको हो।

तर बी.सी.का लागि यी उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित छैनन्। उहाँले आफ्ना हरेक उपलब्धिलाई कर्णालीको सम्भावना र क्षमतासँग जोडेर हेर्नुभएको छ।

“कर्णालीलाई अब सम्भावनाको भूमि भनेर चिनाउनुपर्छ”

कर्णालीलाई लामो समयदेखि भौगोलिक विकटता, गरिबी तथा अशिक्षासँग जोडेर हेर्ने गरिएको छ। तर बि.सी.को विचारमा अब कर्णालीको परिचयलाई नयाँ ढंगले स्थापित गर्ने समय आएको छ। “कर्णाली विकट मात्र होइन, सम्भावनाको उर्वर भूमि पनि हो। यहाँ प्रतिभा छ, मेहनत छ, इमान्दारिता छ र अवसर पाएर राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउने मानिसहरूको कमी छैन,” उहाँ भन्नुहुन्छ।

कर्णालीलाई लामो समयदेखि भौगोलिक विकटता, गरिबी तथा अशिक्षासँग जोडेर हेर्ने गरिएको छ। तर बि.सी.को विचारमा अब कर्णालीको परिचयलाई नयाँ ढंगले स्थापित गर्ने समय आएको छ। “कर्णाली विकट मात्र होइन, सम्भावनाको उर्वर भूमि पनि हो। यहाँ प्रतिभा छ, मेहनत छ, इमान्दारिता छ र अवसर पाएर राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउने मानिसहरूको कमी छैन,” उहाँ भन्नुहुन्छ।

उहाँका अनुसार आफू कर्णालीबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरमा प्रथम हुन सफल हुनु भनेको व्यक्तिगत उपलब्धिभन्दा पनि कर्णालीको क्षमता र सम्भावनाको एउटा उदाहरण हो। बीमा क्षेत्रमा कर्णालीबाट राष्ट्रिय स्तरमा उत्कृष्ट परिणाम निकाल्दै उहाँले कर्णालीका युवालाई पनि नयाँ सन्देश दिन खोज्नुभएको छ, ठाउँ सानो वा ठूलो होइन, सोच, मेहनत र अवसरको सदुपयोग महत्वपूर्ण हुन्छ।

कर्णालीको नयाँ पहिचान निर्माण गर्ने अभियान

बि.सी.अब कर्णालीलाई बीमा व्यवसायको सम्भावनायुक्त क्षेत्रका रूपमा राष्ट्रिय स्तरमा चिनाउने अभियानमा अझ सक्रिय हुने बताउनुहुन्छ। उहाँका अनुसार बीमा व्यवसाय केवल आम्दानीको माध्यम मात्र नभई आर्थिक सुरक्षा, वित्तीय चेतना, स्वरोजगार र सामाजिक रूपान्तरणसँग जोडिएको क्षेत्र हो। कर्णालीका युवालाई यस क्षेत्रमा जोड्न सके रोजगारी र स्वरोजगारका नयाँ अवसर सिर्जना गर्न सकिने उहाँको विश्वास छ।

“कर्णालीबाट राष्ट्रिय स्तरमा पुग्न सकिन्छ भन्ने कुरा प्रमाणित गर्नुपर्छ। हामीले कर्णालीलाई अब समस्या र पछौटेपनको आँखाबाट मात्र होइन, सम्भावना, प्रतिभा, मेहनत र सफलताको भूमिको रूपमा चिनाउनुपर्छ,” उहाँको भनाइ छ।

“कर्णालीबाट राष्ट्रिय स्तरमा पुग्न सकिन्छ भन्ने कुरा प्रमाणित गर्नुपर्छ। हामीले कर्णालीलाई अब समस्या र पछौटेपनको आँखाबाट मात्र होइन, सम्भावना, प्रतिभा, मेहनत र सफलताको भूमिको रूपमा चिनाउनुपर्छ,” उहाँको भनाइ छ। प्रेमकुमार बी.सी.को यात्रा त्यसैको एउटा उदाहरण बनेको छ। कर्णालीको सुर्खेतबाट सुरु भएको उहाँको व्यावसायिक यात्रा आज राष्ट्रिय बीमा बजारमा नेपाल प्रथमको पहिचानसम्म पुगेको छ। यसले कर्णालीमा जन्मिएका र हुर्किएका हजारौं युवालाई आफ्नो क्षमता आफ्नै ठाउँबाट विकास गर्दै राष्ट्रिय स्तरमा पहिचान बनाउन सकिन्छ भन्ने सकारात्मक ऊर्जा दिएको छ।

कर्णालीको माटोबाट राष्ट्रिय बीमा बजारमा प्राप्त यो सफलता प्रेमकुमार बी.सी.को मात्र उपलब्धि होइन, कर्णालीको सम्भावना र क्षमतालाई राष्ट्रिय स्तरमा चिनाउने एउटा सकारात्मक परिचय पनि हो।

नेपालगाथा परिवारको तर्फबाट प्रेमकुमार बी.सी.लाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना।

प्रतिक्रिया

सम्बन्धित खवर

Top