ट्रेण्डिङ

होमपेज / समाज

‘गर्भवती महिलाले नियमित चार समूहका खानेकुरा खानुपर्छ’

नेपालगाथा २०७५ चैत्र ७ गते बिहीबार १२:१७:३५ मा प्रकाशित

चन्द्रा कंडेल, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका १५ सुर्खेतमा बस्ने इन्द्रा थापा ६ महिनाकी गर्भवती हुनुहुन्छ । उहाँले नियमित माछामासु खाँदै आउनुभएको छ । यतिमात्र होईन उहाँले अण्डा, दुध, दही, हरिया साँगपात खाँदै आउनु भएको छ । आफ्नो र गर्भमा रहेको बच्चाको स्वास्थ्यको लागि थापा सचेत हुनुहुन्छ । त्यसैले उहाँ माछा, मासु नभएको अवस्थामा दुध, सागपात मिलाएर खाने गरेको बताउनुहुन्छ ।
इन्द्रा थापा जस्तै बराताल सुर्खेतकी डिलमाया रोकाय पनि ५ महिनाकी गर्भवती हुनुन्छ । उहाँले साबिक भन्दा थप पोषिला खाने कुरा खाने गर्नुभएको छ । अन्न, गेडागुडी, माछामासु, अण्डा तथा हरिया सागपात र सिजन अनुसारका फलफूल खाँदै आएको रोकायले बताउनु भयो ।      
जनस्वास्थ्य कार्यालय सुर्खेतमा कार्यरत सिनियर अनमी बिष्णु गुरुङ्गले गर्भवती महिलाको राम्रो स्वास्थ्य र गर्भमा रहेको बच्चाको विकासको लागि गर्भावस्था देखि नै गर्भवतीले चार समूहका खानेकुरा खानुपर्ने बताउनु भएको छ ।
अनमी गुरुङ्गले गर्भवतीले गर्भमा रहेको बच्चा र आफ्नो स्वास्थ्यको लागि अन्न, गेडागुडी, माछामासु, अण्डा तथा हरिया सागपात र पँहेला फलफुल हरेक दिन खानुपर्ने बताउनु भयो ।
साप्ताहिक रुपमा प्रसारण हुने कार्यक्रम भन्छिनआमामा कुरा गर्दै उहाँले यसरी खुवाउँदा आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो हुने बताउनु भयो । गर्भवती महिलाले आफ्नो लागि र गर्भको बच्चाको लागि गर्भावस्थामा हरेक दिन साविक भन्दा थप एक पटक पोषिलो खाना खानु पर्नेमा उहाँले जोड दिनुभयो ।
गर्भावस्थामा गर्भवती महिलालाई विविध पोषिलो खाने कुराहरु घर परिवारका अन्य सदस्यले जुटाईदिनु पर्ने उहाँको भनाई छ ।
साथै खाने बेलामा गर्भवती महिलालाई पहिले खुवाएर आफुले खानुपर्नेमा पनि घरपरिवार सचेत हुनुपर्ने उहाँको भनाई छ ।
अनमि गुरुङ्गका अनुसार,– ‘गर्भावस्थाको सुरुको अवस्थामा कोही कोही गर्भवती महिलाहरुलाई खान रुचि नहुने, वाकवाक हुने, स्वाद मन नपर्ने, गन्हाउने हुन सक्छ ।’ यस्तो बेलामा घरमै उपलब्ध  खाानेकुरालाई मिलाएर रुचिअनुसार फरक–फरक स्वादको बनाएर थोरै–थोरै गरी पटक–पटक खान सकिने गुरुङ्गले सल्लाह दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top