होमपेज / राजनीति
सुनसरी । धरान उपमहानगरपालिकाको वडा नम्बर ७ को वडाध्यक्ष पदमा नेकपाका उम्मेदवार जीवनराज सुवेदीले विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार सुवर्णमोहन पालिखेलाई १ मतले पराजित गरे । सुवेदी ६२२ मत ल्याउँदा कांग्रेसले ६२१ मत पायो। हाँ स्थानीय तहको निर्वाचनमा नेकपाबाट भुपेन्द्रकुमार माेक्तानले जितेका थिए। उनको निधन भएपछि उपनिर्वाचन भएकाे हाे। एक मतले नेकपाले जितेपछि काङ्ग्रेसले विवाद सुरु गरेको छ। काङ्ग्रेसले फेरि गणना गर्नका लागि निवेदन दिएको छ। थाहाखबर बाट ।