ट्रेण्डिङ

होमपेज / अर्थ

नेशनल लाइफ इन्स्योरेन्स २०८२/८३ मा सुर्खेतका प्रेमकुमार बि‍.सी. 'नेपाल प्रथम'

नेपालगाथा २०८३ आश्विन ३ गते शनिबार २३:२१:३५ मा प्रकाशित

भैरहवा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा २०८२/८३ को सञ्जाल व्यवसायतर्फ सुर्खेतका प्रेमकुमार बि‍.सी. नेपाल प्रथम हुनुभएकाे छ। भैरहवामा सञ्चालन भइरहेकाे नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे कार्यक्रममा शनिबार उक्त घाेषणा गरिएकाे हाे ।

नेपाल प्रथम भएकाे अवसरमा नेपालगाथासँग आफ्नाे भनाइ राख्दै बि.सी.ले आफ्नाे निरन्तरकाे संघर्ष, मिहिनेत र इमान्दारिताकाे परिणाम भएकाे बताउनुभयाे । उहाँले मानिसकाे जीवनकाे बीमा एक अपरिहार्य भएकाले यसका बारेमा सकारात्मक जानकारी दिँदै सबैलाई जीवन बीमा गराउने यात्रा कहिल्यै नटुङ्गिने बताउनुभयाे । 

जहिले पनि फरक र केही नयाँ काम गर्ने साेच भएका बि.सी.लामाे समयदेखि बीमा र सहकारी क्षेत्रमा आफ्नाे फरक पहिचानका साथ अघि बढिरहेका व्यक्ति हुनुहुन्छ । उहाँलाई नेपालगाथा परिवारकाे तर्फबाट पनि हार्दिक शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top