ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै

नेपालगाथा २०७९ माघ ६ गते शुक्रबार ११:५०:०१ मा प्रकाशित

सुर्खेत । आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनेभएका छन्। दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकबाट मुख्यमन्त्री शर्माले विश्वासको मत लिनेछन् ।
शर्माले कर्णालीमा कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा ४ दलकाे सर्मथनमा पुस २७ गते मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी १, राप्रपाका १ गरी २५ सांसदले हस्ताक्षर गरेका थिए । माआवादी पोलिटब्यूरो सदस्य रहेका शर्मा रुकुम पश्चिम प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top