होमपेज / खेलकुद
काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल देखाइने भएको छ ।
पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भाेलि(शनिबार) फाइनलमा भिड्दै छन् । फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएकाे छ ।
एक्स्ट्राटेक ओभलका प्रबन्ध निर्देशक विनोद कुँवरका अनुसार खेलको प्रत्यक्ष प्रसारण एक्स्ट्राटेक ओभलको ठूलो स्क्रीनमा देखाइनेछ ।
‘सुदूरपश्चिम र लुम्बिनीबीचको फाइनल हेर्दा तपाइहरूलाई कीर्तिपुर पुगेको अनुभव हुनेछ’ कुँवरले जारी गरेको सूचनामा भनिएको छ ।