ट्रेण्डिङ

होमपेज / खेलकुद

चाैध वर्षमुनिको डाना कप फुटबलको उपाधि नेपाली टोलीलाई

नेपालगाथा २०८२ श्रावण १० गते शनिबार ११:१३:१६ मा प्रकाशित

काठमाडौँ । डेनमार्कमा भएको १४ वर्षमुनिको डाना कप फुटबलको उपाधि नेपाली टोलीले हासिल गरेकाे छ। गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोली डेनमार्कमा जारी डाना कप २०२५ को यु १४ तर्फको उपाधि जित्न सफल भएको हो। 

एजी टेनका अनिल गुरुङका अनुसार नेपाली टोलीले केन्याको टोलीलाई ३-० ले पराजित गरेको थियो । फाइनलमा रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले गोल गरे । त्यसअघि युएईको आइएफए स्पोर्टसलाई ३–० ले पराजित गर्दै नेपाली टोली फाइनल पुगेको थियो।

सेमिफाइनलमा रिहान बुद्ध मगर, तेजस श्रेष्ठ र युयुत्सु मणि तिमल्सिनाले गोल गरेपछि नेपाली टोली फाइनल पुगेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top