ट्रेण्डिङ

होमपेज / खेलकुद

थिएमलाई यूएस ओपनको उपाधि, राखे रेकर्ड

नेपालगाथा २०७७ भाद्र २९ गते सोमबार ०८:३७:३१ मा प्रकाशित

यूएस ओपन टेनिसको उपाधि डोमिनिक थिएम जितेका छन्। दुई सेटले पछाडि रहेको स्थिति उल्टाएर जर्मनीका पाँचौं वरीयतामा एलेक्जेन्डर जेभरेभलाई २–६, ४–६, ६–४, ६–३ र ७–६ ले हराए। दोस्रो वरीयताका २७ वर्षीय थिएम यूएस ओपन जित्ने पहिलो अस्ट्रियाली भएका छन्। आर्थर ऐस स्टेडियममा भएका खेल ४ घण्टा २ मिनेट चलेको थियो।  यसअघिका तीन ग्रान्ड स्लाम फाइनलमा हार बेहोरेका थिएम यसपल्ट पराजित हुने स्थितिमा पुगेका थिए, तर त्यसयता उनले अविश्वसनीय उत्कृष्ट खेल प्रदर्शन गरे। जेभरेभ भने पहिलो पल्ट ग्रान्ड स्लाम फाइनल खेलेका हुन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top