होमपेज / खेलकुद
काठमाडौं ।एसीसी प्रिमियर कप टी–२० प्रतियोगितामा सेमिफाइनलमा नेपालले युएइलाई १२० रनको लक्ष्य दिएको छ ।
ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको गरकाे नेपालले २० ओभरमा ९ विकेट क्षतिमा १ सय १९ रन लियाे । नेपालको इनिङ सुरुदेखि नै राम्रो हुन सकेकाे थिएन् ।
सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित ५० रन लिए ।ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट भएका थिए ।