होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशकाे सरकारमा रणसिंह परियार विनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् । परियारलाई मुख्यमन्त्री यामलाल कँडेलले बुधबार दिउँसो विनाविभागीय मन्त्रीमा नियुक्त गरेका हुन् ।
परियार नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री परियारले आजै पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।
परियार हुम्ला प्रदेश सभा (क)बाट निर्वाचित सांसद हुन् ।