ट्रेण्डिङ

होमपेज / समाज

मप विश्वविद्यालयका पदाधिकारीहरुद्वारा पदभार ग्रहण

विश्वविद्यालयले गतिलिने विश्वास

नेपालगाथा २०७८ जेठ २ गते आइतबार १५:४९:४४ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुले आइतबार आ–आफ्नो कार्यकक्षमा पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्नेहरुमा व्यवस्थापन सङ्कायका डीन प्रा.डा.दीप बहादुर रावल, मानविकी र सामाजिकशास्त्र सङ्कायका डीन सह प्रा.डा.लिलाधर तिवारी, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा. चन्द्रप्रसाद रिजाल र पाठ्यक्रम निर्देशनालयका कार्यकारी निर्देशक सह प्रा. वीर बहादुर पौडेल रहनुभएको छ । 

उहाँहरुले आफ्नै कार्यकक्षमा पदभार ग्रहण गर्दै कार्य प्रारम्भ गर्नुभएको हो । पदाधिकारीहरुको पदभार ग्रहणसँगै विश्वविद्यालयमा विगत केही समय यता रिक्त भएका पदहरुको पूर्ति भएको छ । पदाधिकारीहरु नियुक्ति नहुँदा विश्वविद्यालयका गतिविधिहरु नियमित रुपमा हुन सकेका थिएनन् । पदाधिकारीहरुको नियुक्तिसँगै अब विश्वविद्यालयका गतिविधिहरुले गति लिने नवनियुक्त डिन र निर्देशकहरुले बताइएका छन् । 
पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रममा व्यवस्थापन सङ्कायका सहायक डीन अमृतकुमार शर्मा गैरे , मानविकी र सामाजिकशास्त्र सङ्कायका सहायक डीन कमलेश डिसी र शिक्षाशास्त्र सङ्कायका सहायक डीन विष्णुकुमार खड्काको उपस्थिति रहेको थियो ।

हेर्नुहाेस् तस्वीर


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top