ट्रेण्डिङ

होमपेज / खेलकुद

आज सुनको मुल्य ६ सय रुपैयाँले घट्यो

नेपालगाथा २०८१ बैशाख ६ गते बिहीबार १२:३०:०७ मा प्रकाशित

काठमाडौं । सुनको मुल्य घटेको छ। आज छापावाल सुन तोलामा ६ सयले घटेर १ लाख ३८ हजार ६ सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ किनबेच भएको थियो । आज भने छापावाल सुन तोलामा ६ सय रुपैयाँ घटेर १ लाख ३८ हजार ६ सय कायम भएको हाे ।

तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको तोलाको १ लाख ३८ हजार ५ सय ५० रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १७ सय २५ रुपैयाँमा कायम भएको महासंघले जनाएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top