होमपेज / राजनीति
सुर्खेत । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सुर्खेतमा सम्बाेधन गर्ने तय भएकाे छ । पार्टीको कर्णाली प्रदेश कमिटीले आयोजना गर्ने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्न उहाँ सुर्खेत आउनलाग्न भएकाे हाे। आगामी फागुन १४ गते सुर्खेतको वीरेन्द्रनगरमा जनसभा गर्ने र उक्त सभालाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने टुङ्गो लागेको नेकपा कर्णाली प्रदेश सह–इञ्चार्ज यामलाल कँडेलले जानकारी दिनुभयाे । वीरेन्द्रनगरमा शक्ति प्रदर्शनसहितको बृहत् जनसभा गर्न लागिएको कँडेलले बताउनुभयाे ।
उहाँका अनुसार प्रदेशका १० वटै जिल्लाबाट नेता तथा कार्यकताहरु सहभागी हुनेछन् । सभास्थलबारे भने केही दिनमै टुङ्गो लाग्ने जनाइएको छ । नेकपा विभाजनपछि प्रधानमन्त्री ओली समूहले कर्णालीमा पहिलो पटक पार्टीको प्रदेशस्तरीय बृहत् भेला गर्न लागेको हो ।