ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीका मुख्यमन्त्री कँडेललाई  कांग्रेसले विश्वासको मत नदिने

नेपालगाथा २०८१ बैशाख १३ गते बिहीबार १६:४३:१५ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई नेपाली कांग्रेसले विश्वासको मत नदिने भएको छ । आज दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले आफूलाई विश्वासको मत दिन दलहरुलाई आग्रह गरेका थिए ।

  कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेशसभा वैठकमा बोल्दै  मुख्यमन्त्री कँडेललाइ विश्वासको मत दिन नसकिने बताए ।

विष्टले भने मुख्यमन्त्रीज्यूले कर्णालीको समृद्धि र राजनीतिक स्थायित्वका लागि भन्दै हामीसंग पनि विश्वासको मत माग्नुभयो  तर उहाँलाई विश्वासको मत दिने उपयुक्त समय नआएकाले विपक्षमा मत हाल्ने छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top