होमपेज / खेलकुद
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् । काठमाडौं जिल्ला अदालतले बिहीबार लामालाई छाडेको हो ।
लागू औषध मुद्दामा फरार रहेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई बुधबार पक्राउ गरेको थियो।
लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।
लामालाई ५ वर्ष कैद सजाय भएको र ४ वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो।