होमपेज / समाज
काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी फर्किएका छन् । दुई दिने नेपाल भ्रमणमा आएका कतारका राथानी आज स्वदेश फर्किएका हुन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेसहित विशिष्ठ अधिकारीले त्रिभुवन विमानस्थलमा बिदाइ गरेका थिए ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए। उनले हिजै राष्ट्रपति पौडेलसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि नेपाल कतारबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मंगलबार नेपाल आएका थिए । कतारका अमिरले सोही दिन साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका थिए। भेटवार्तापछि राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही दिन साँझ राजकीय भोजको आयोजना गरेका थिए ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो । उक्त वार्ताका क्रममा दुईदेशबीच आपसी सहकार्यसम्बन्धी विभिन्न विषयमा समझदारी भएको छ ।