होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।
बिहिबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री कँडेलले विश्वासको मत लिएका हुन् ।
विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत दिए। प्रस्तावको विपक्षमा १२ सांसदले मतदान गरेका थिए।
विश्वासको मत लिने प्रस्तावमा ३५ जना मतदानमा सहभागी भएका थिए।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा (एमाले) का १० (समामुखसहित), माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १४, राप्रपा र समाजवादीका १/१ जना गरी हाल ३९ जना सांसद छन्।