ट्रेण्डिङ

होमपेज / समाज

कतारी राजाकाे नेपाल भ्रमण अत्यन्तै उपलब्धिमूलक र सफल भएको छ - राजदूत ढकाल

नेपालगाथा २०८१ बैशाख १३ गते बिहीबार १५:४२:२५ मा प्रकाशित

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण अत्यन्तै उपलब्धिमूलक र सफल भएको बताएका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी राजदूत ढकालले थानीले ३ दिन नेपाल भ्रमण गर्ने अपेक्षा गरिएकोमा व्यस्तताका कारण दुई दिन मात्र गर्न सकिएको जानकारी दिए । 

कतारमा रहेका नेपाली श्रमिकको हक हितका लागि कतार सरकार गम्भीर रहेको भन्दै राजदूत ढकालले श्रम सम्झौतालाई समयानुकूल संशोधन गर्ने विषयमा अझै छलफल आवश्यक रहेकाले थप छलफल मात्रै टुङ्गोमा पुगिने बताए ।

राजदूत ढकालले अन्तर्राष्ट्रिय कानुनका केही प्रक्रिया नटुङ्गिएकाले तत्काल हात्ती उपहार दिन नसकिएको पनि बताए । ‘वन मन्त्रालयले यसमा आवश्यक प्रक्रिया पूरा गरेपछि चाँडै हात्ती पठाइन्छ’, राजदूत ढकालको भनाइ छ ।

कतारका राजा थानीको नेपाल भ्रमणका क्रममा विभिन्न ८ वटा समझदारी र सम्झौता भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top