ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाली क्रिकेट टोली एसियाली खेलकुदमा छनोट

नेपालगाथा २०८३ जेठ १९ गते मंगलबार १७:४३:३७ मा प्रकाशित

काठमाडाै‌ं । सिंगापुरमा जारी छनोट प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा मलेसियाले चीनलाई नौ विकेटले हराएसँगै नेपाली टोली पनि एसियाली खेलकुदमा छनोट भएको छ। यसअघि, आफ्नो पहिलो खेलमा नेपालले चीनलाई दुई सय २१ रनको विशाल अन्तरले हराएको थियो । लगातार दोस्रो हारसँगै चीनको एसियाली खेलकुद खेल्ने सपना भने चकनाचुर भएको छ ।

छनोट प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाली टोलीले आफ्नो दोस्रो खेल बिहीबार मलेसियासँग खेल्नेछ । त्यो खेलले समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लगाउने छ । यद्यपि, नेपाल र मलेसिया सेमिफाइनलमा पुग्ने पक्का भइसकेको छ ।

यो छनोट प्रतियोगिताबाट सेमिफाइनलमा पुग्ने चारवटा टोली आगामी एसियाली खेलकुदमा छनोट हुने प्रावधान छ । एसियाली खेलकुदको २०औं संस्करण आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ ।

एसियाली खेलकुदको पुरुष क्रिकेटमा १० टोलीको सहभागिता रहने छ । जापानले आयोजकका रूपमा सहभागिता जनाउने छ । अफगानिस्तान, बंगलादेश, भारत, पाकिसतान र श्रीलंकाले भने आईसीसीको पूर्णकालीन सदस्यका रूपमा प्रतियोगिता खेल्नेछन् । बाँकी चार टोलीको टुङ्गो यही छनोट प्रतियोगिताबाट लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top