ट्रेण्डिङ

होमपेज / समाज

डा. अर्यालको ‘स्थानबोध’ सार्वजनिक

गाउँलाई पढेर देश बुझ्ने प्रयास

नेपालगाथा २०८३ आश्विन २६ गते सोमबार ०८:११:२६ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पत्रकारिता तथा आमसञ्चारका उपप्राध्यापक डा. देवराज अर्यालको कृति ‘स्थानबोध’ सार्वजनिक भएको छ। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ हास्यव्यंग्यकार प्रा.डा. रामकुमार पाँडेले उक्त कृतिकाे सार्वजनिक गरे। प्राध्यापक पाँडेले यो कृति नेपालको कुनै एउटा गाउँको मात्र नभएर समग्र भूगोलको प्रतिनिधित्व गर्ने भएको हुँदा अन्य क्षेत्र र भूगोलको पनि कृति लेख्न लेखकहरूलाई आग्रह गरे। 

पुस्तकका लेखक डा. अर्यालले आफ्नो जन्मस्थान नवलपरासीको द्वारीको सेरोफेरोमा केन्द्रित रहेर समग्र देशको वस्तुस्थितिबारे जानकारी दिएकाे बताए । गाउँको माटो, बाल्यकालका स्मृति, सामाजिक सम्बन्ध, संस्कृति, भूगोल र विकासका विविध आयामलाई समेटेको ‘स्थानबोध’ले एउटा गाउँको कथा हुँदै समग्र समाज र देशलाई बुझ्ने दृष्टि प्रस्तुत गरेको छ। लेखकको जन्मस्थान नवलपरासीको द्वारीलाई केन्द्रमा राखेर लेखिएको यस कृतिमा ग्रामीण जीवनका अनुभव, बदलिँदो सामाजिक परिवेश र गाउँको विकास यात्रालाई आत्मीय तथा विश्लेषणात्मक ढङ्गले प्रस्तुत गरिएको छ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा.डा. कुन्दन अर्याल, त्रिचन्द्र क्याम्पसका नेपाली विभागका प्रमुख डा. अंगदमणि गौतम, महेन्द्र रत्न ताहाचलका क्याम्पस प्रमुख प्रा.डा. ओम बराल, वरिष्ठ न्यूरो सर्जन डा. राजेन्द्र श्रेष्ठ, समाजसेवी पासाङ काजी शेर्पा, डा. शशि मरासिनी लगायतले पुस्तकको चर्चा गर्दै मुलुकको ग्रामिण जीवनमा आधारित सामग्रीको आवश्यकता रहेको बताए।

'स्थानबोध' मार्फत डा. अर्यालले आफ्ना अनुभव, अनुभूति, स्मृति र समाजसँगको सम्बन्धलाई शब्दमा अभिव्यक्त गर्ने प्रयास गरेको भन्दै वक्ताहरूले मुक्तकन्ठले तारिफ गरे। भूगोल र पत्रकारिताको सम्मिश्रणयुक्त यस पुस्तकले विकासको अवधारणालाई सहयोग पुग्ने वक्ताहरूको विश्वास छ। 

‘स्थानबोध’को विषयवस्तु बाल्यकालका सम्झनादेखि गाउँको आर्थिक जीवन, शिक्षा, कृषि, पशुपालन, संस्कृति, सञ्चार र राजनीतिक चेतनासम्म फैलिएको छ। आमाको श्रम, विद्यालय जीवन, साथीभाइसँगका स्मृति, गाउँका धार्मिक तथा सांस्कृतिक परम्परा र सामूहिक जीवनशैलीका प्रसङ्गले पुस्तकलाई आत्मीय बनाएका छन्। 

त्यस्तै, सडक निर्माणपछि उत्पादनमा आएको परिवर्तन, गाउँबाट बसाइँसराइ, प्राकृतिक स्रोतको उपयोग, स्थानीय सञ्चार संस्कृति र विकासका चुनौतीसम्बन्धी विषयले कृतिलाई सामाजिक अध्ययनको दृष्टिले समेत महत्त्वपूर्ण बनाएका छन्।

पुस्तकमा गाउँको बदलिँदो यथार्थलाई पनि सूक्ष्म रूपमा केलाइएको छ। सडक र आधुनिक सुविधाको विस्तारसँगै उत्पादनमा आएको परिवर्तन, परम्परागत श्रम तथा सहकार्यको संस्कृति, कुलो र खेतसँग जोडिएको जीवन, गाउँको पारिस्थितिक प्रणाली र अन्तरनिर्भरताजस्ता विषयले विकासलाई केवल भौतिक पूर्वाधारको विस्तारका रूपमा मात्र नहेरी मानिस, प्रकृति, संस्कृति र सामाजिक सम्बन्धसँग जोडेर बुझ्नुपर्ने सन्देश दिन्छन्।

रेडियो, गफगाफ र गाउँको अनौपचारिक सञ्चार संस्कृति, सञ्चारको विकाससँगै बदलिएका सामाजिक सम्बन्ध तथा ग्रामीण समाजमा राजनीतिक चेतनाको विकाससम्बन्धी विषयले लेखकको पत्रकारितासँगको शैक्षिक तथा व्यावसायिक पृष्ठभूमिलाई पनि प्रतिबिम्बित गर्छन्। 

आफ्नो पेशाको जिम्मेवारी, समाजप्रति चेतना सहितको उत्तरदायित्वका लागि परिचित डा. अर्यालले 'स्थानबोध' मार्फत् गाउँको माटो, संस्कृति, स्मृति र जनजीवनलाई शब्दमा जीवन्त उतार्ने कोसिस गरेका छन्। पुस्तकबारे डा. अर्यालले भनेका छन्, ''स्थानबोध' केवल एउटा कृति मात्र नभई मेरा अनुभव, अनुभूति, स्मृति र समाजसँगको सम्बन्धलाई शब्दमा अभिव्यक्त गर्ने एउटा साहित्यिक प्रयास हो।''

प्रतिक्रिया

सम्बन्धित खवर

Top