ट्रेण्डिङ

होमपेज / समाज

पूर्वविद्यार्थी मञ्चकाे अध्यक्षमा उपाध्याय

मप विश्वविद्यालयमा

नेपालगाथा २०८३ आश्विन १९ गते सोमबार २१:४१:५८ मा प्रकाशित

सुर्खेत । सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागका पूर्वविद्यार्थीहरूको भेलाले स्नेहा उपाध्यायको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । भेलाले पूर्वविद्यार्थीहरूलाई संगठित गर्दै सामाजिक कार्य, पत्रकारिता र आमसञ्चारसँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित समिति गठन गरेको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा शान्ति वि.क., सचिव टीकाराम आचार्य, कोषाध्यक्ष प्रेमप्रकाश चन्द र सहसचिवमा मिलन श्रेष्ठ चयन भएका छन् । मञ्चको सदस्यहरूमा करिश्मा चौधरी, यसकुमार चपाई्र, अप्सरा विष्ट, सूर्यप्रकाश लामिछाने, दीपककुमार बुढा, रुद्र सुवेदी, सावित्री गिरी र प्रेमप्रकाश खड्का चयन भएका छन् ।

भेलाले पूर्वविद्यार्थीबीच आपसी सम्बन्ध, सहकार्य र समन्वयलाई थप सुदृढ गर्दै सामाजिक कार्य तथा पत्रकारिता र आमसञ्चार क्षेत्रसँग सम्बन्धित रचनात्मक गतिविधिलाई अघि बढाउने निर्णय गरेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top