ट्रेण्डिङ

होमपेज / समाज

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बहुपक्षीय सरोकारवाला निकायसँग अन्तरक्रिया

मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई अझै पनि विभेदपुर्ण वातावरण

नेपालगाथा २०८३ आश्विन २५ गते आइतबार ०८:११:०५ मा प्रकाशित

सुर्खेत । मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिका साथै मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई अझै पनि विभेदपुर्ण वातावरणमा जीवनयापन गर्नु बाध्य भएको आज एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशानालय र सी.एम.सी-नेपालको आर्थिक र प्राविधिक सहयोगमा आयोजित विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बहुपक्षीय सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्ति र यसको अभियानमा लागेका व्यक्तिहरुले उक्त गुनासो गरेका हुन् । 

मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु सक्षम छन भए पनि उनीहरु रोजगारी तथा जिविकोपार्जनमा लागि अवसर दिनुपर्ने सहभागीहरुले सरोकारवाला निकायलाई अनुरोध गरे । आफ्नो समस्या भन्दा वा परिचय पत्र देखाउदा तपाईहरुले गर्न सक्नु हुदैन भनी मनोवल गिराईएको मनोसामाजिक अपाङ्गता भएकाले दुखेसो पोखे ।

‘जीवन्त अनुभवको सुनुवाई: वास्तविक आवाज, वास्तविक परिवर्तन’ भन्ने मुलनाराका साथ मानसिक स्वास्थ्य दिवश मनाईदै गर्दा मानसिक स्वास्थ्य स्वावलम्बन समूहको प्रदेश सञ्जालका अध्यक्ष योगिता राना खत्री क्षेत्रीले नीतिगत रुपमा कर्णाली प्रदेशमा धेरै राम्रा काम भएका भएता पनि बजेट अपर्याप्तताका कारण कार्यन्वयनमा चुनौती रहेको बताईन् । नीतिगत व्यवस्था त भए तर अझै पनि औषधीको सहज आपुर्ति छैन । उनीले गुनासो पोखिन्।

सुर्खेतका केशब बहादुर रोकायले मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिलाई अझै पनि राज्यतहबाटै विभेद भएको गुनासो पोखे । म औषधी खान्छु । नियमित रुपमा औषधी सेवनबाट मलाई ठिक भएकोछ र आयमुलक क्रियाकलापमा समेत संलग्न भई अरुलाई रोजगारी दिएकोछु । तर मैले राज्यतहबाट पाउने आयमुलक तालिम, सेवा वा लोन लिनुपर्दा समेत मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले प्राप्त गर्न सकिने अवस्था छैन् । यो विभेद होईन त?  रोकायले प्रश्न गरे । राज्यबाट प्रदान गरिने अपाङ्गता परिचयत्र वितरणको प्रक्रियालाई सरलीकृत गर्न उनले सुझाए ।

मानसिक रोग विशेषज्ञ डा. सुशिल समदर्शीले विश्वमा नै मानसिक स्वास्थ्य समस्या एक विकाराल समस्याका रुपमा बढ्दै जाँदा नेपाल र कर्णाली प्रदेश पनि अछुतो नरहेको बताए । सामाजिक लाञ्छना, विभेदको डरले अझै पनि मान्छे रोग नै लुकाएर बसेका वा लुकेर उपचार गर्नुले हामीसंग भएको मानसिक स्वास्थ्य सेवा दिएको डाटा भन्दा धेरै समुदायमा रहेको उनले बताए ।  ‘त्यसकारण अबको कार्यक्रम समुदाय र घर केन्द्रित हुनुपर्दछ । नभए हाम्रो जस्तो देशले पछि झन थेग्न नसक्ने अवस्थामा पुग्छौं ।‘ - डा समदर्शीले बताए ।

प्रदेश प्रहरीका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठ, अनुशन्धानकर्ता डा. जीवन घिमिरे, सी.एम.सी-नेपालका नीति तथा सुशासन प्रमुख हिमाल गैरे, स्वास्थ्य सेवा प्रशासक गंगा तिवारी लगायतले बोल्नुभएको थियो । उक्त कार्यक्रम प्रदेश प्रहरी, मध्यपश्चिम विश्वविद्यालय, सञ्चारकर्मी, स्वास्थ्य विकास साझेदार संस्था लगायत झण्डै ४ दर्जन सरोकारवाला निकायको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top