होमपेज / खेलकुद
काठमाडौं । नेपालका दुई अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल पनि लंका प्रिमियर लिग (एलपीएल) मा बिक्री भएका छन् । दीपेन्द्रलाई जाफ्ना किङ्सले र भुर्तेललाई कोलम्बो क्याप्सले खरिद गरेका हुन् । स्पिनर सन्दीप लामिछाने र दीपेन्द्र एउटै टिममा छनोट भएका छन् ।
सन्दीप लामिछाने गोल्ड क्याटेगोरीमा सर्टलिस्ट भएका थिए भने दीपेन्द्र र कुशल एसोसिएट्स क्याप विधाबाट छनोट गरिएका हुन् । यो विधामा बेस प्राइस १५ हजार अमेरिकी डलर रहेको छ ।