होमपेज / खेलकुद
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग २ को आगामी सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेकाे छ।
प्रतियोगिता मे १२ देखि २२ सम्म कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ। यसअघिको ओमान र यूएईसँगको सिरिजमा नेपालले ४ खेलमा ३ जित निकालेको थियो।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान) दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन् ।