होमपेज / खेलकुद
काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत आज(आईतबार) दुई खेल हुँदैछ ।
आज पीएम कपमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच तल्लो मुलपानी मैदानमा तथा बागमती प्रदेश र एपीएफबीच माथिल्लो मुलपानी मैदानमा प्रतिस्पर्धा हुने भएकाे छ । दुवै खेल आज बिहान ९ बजेदेखि सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ ।
यसअघि शनिबार पहिलो दिन कोशी र मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशबीचका दुवै खेल वर्षाका कारण रद्द भएको थियो ।