होमपेज / खेलकुद
काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरी आईसीसी पुरुष टी–२० वरीयतामा चौंथो स्थानमा उक्लिएका छन्। मंगलबार स्कटल्यान्डविरुद्ध अर्धशतक बनाउँदै नेपाललाई जित दिलाएका दीपेन्द्र दुई स्थान सुधार गर्दै चौंथो स्थानमा उक्लिएका हुन्।
उनी इंग्ल्यान्डका साम करन, अष्ट्रेलियाका मार्कस स्टोइनिस, अफगानिस्तानका अजमतुल्लाह ओमारजाइ भन्दा अगाडि छन्।
वरीयताको शीर्षस्थानमा पाकिस्तानका सइम अयुब छन् भने दोस्रो स्थानमा जिम्बाब्वेका सिकन्दर रजा र तेस्रो स्थानमा भारतका हार्दिक पाण्ड्या छन्।