होमपेज / खेलकुद
काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज(बिहिबार) आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ ।
समूह ‘बी’अन्तर्गतको यो खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने भएकाे छ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।
उता, नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई पराजित गर्दै बलियो सुरुवात गरेको छ । महिला टी–२० अन्तर्राष्ट्रिय वरियतामा नेदरल्यान्ड्स १४ औं स्थानमा रहेको छ भने नेपाल २१ औं स्थानमा छ । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म तीन पटक टी–२०आई खेल भएका छन् र ती सबै खेलमा नेपाल पराजित भएको छ ।
समूह चरणबाट अघिल्लो चरणमा प्रवेश गर्न नेपालले बाँकी तीन खेलमध्ये कम्तीमा दुई खेल जित्नैपर्ने दबाबमा रहेकाे छ । नेदरल्यान्ड्स भने अब एक जित हासिल गरेसँगै अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाउनेछ ।