होमपेज / खेलकुद
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज(आइतबार) कुनै पनि खेल राखिएको छैन ।
भोलि(सोमबार) भने दुई खेल हुनेछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।
दोस्रो खेलमा भोलि(सोमबार) दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दुई दुई खेल खेलेका सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका छन् । तीन खेल खेलिसकेको काठमाडौं गुर्खाज दुई अंक जोड्दै तेस्रो स्थानमा पुगेकाे छ ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।