ट्रेण्डिङ

होमपेज / खेलकुद

एफसी एसियन कप छनोट - मलेसियाविरुद्ध खेल्दै नेपाल

नेपालगाथा २०८२ मंसिर २ गते मंगलबार १०:२५:०५ मा प्रकाशित

काठमाडौं । एफसी एसियन कप छनोटमा नेपालले आज(मंगलबार) मलेसियाविरुद्ध खेल्दै छ । नेपालले छनोटको तेस्रो चरणअन्तर्गत मलेसियासँग खेल्न लागेको हो ।

खेल मलेसियाको क्वालालम्पुरस्थित बिकसित जलिल नेनिल रंगशालामा नेपाली समयानुसार ६ः४५ बजे सुरु हुने भएकाे छ । खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । छनोटमा चार खेल खेलिसकेको नेपाल हालसम्म जितविहीन रहेकाे छ ।

मलेसिया भने आफ्नो अपराजित यात्रा कायम राख्ने प्रयासमा हुनेछ । चार खेल खेलेको मलेसियाले शतप्रतिशत नतिजा निकालेको छ । समूह ‘एफ’मा रहेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top