ट्रेण्डिङ

होमपेज / खेलकुद

टाइगर कप भलिबल प्रतियोगिता माघ दोस्रो साता हुने

नेपालगाथा २०८२ कार्तिक २९ गते शनिबार १६:२७:४८ मा प्रकाशित

काठमाडौं । पोखरामा हुने टाइगर कप भलिबल प्रतियोगिताको छैटौँ संस्करण आगामी माघ दोस्रो साता हुने भएको छ ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले आज(शनिबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै टाइगर कप भलिबल माघ ९ देखि १९ गतेसम्म हुने जानकारी दिएको हाे । प्रतियोगिताको उपाधि विजेताले ६ लाख ६६ हजार ६ सय रुपैयाँ तथा उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले बताए । तेस्रो हुने टोलीले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट सेटर, सर्भर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकले समान ११ हजार ६ सय ६६ रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताका लागि कान्तिपुर मिडिया ग्रुप र सुश्री मिडिया प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

प्रतियोगिता पोखरा रंगशाला भित्रको भलिबल कोर्टमा हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top