ट्रेण्डिङ

होमपेज / खेलकुद

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

नेपालगाथा २०८२ कार्तिक २८ गते शुक्रबार १०:५९:०७ मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि टिकट बिक्री भने खुल्ला गरेको छ ।

मंसिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने एनपीएल दोस्रो संस्करण प्रतियोगिताका लागि विभिन्न दरमा टिकट बिक्री सुरु गरेको हो । क्यानले एक सूचना जारी गर्दै दर्शकका लागि पहिलो चरणमा हुने प्रतियोगिताको पहिलो ६ दिनको खेलहरुको लागि टिकट बिक्री खुल्ला गरेको जानकारी दिएको छ ।

क्यानका अनुसार विभिन्न वर्गका टिकटक मूल्य तोकिएका छन । जसमध्ये ओपनिङ डे र शनिबारका खेलका लागि जनरल टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १,५०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, साप्ताहिक दिनमा हुने खेल हेर्न जनरल टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट १,००० रुपैयाँ तोकिएको छ । यसका साथै, सबै खेल हेर्न चाहने दर्शकका लागि विशेष सिजन पासको व्यवस्था गरिएको छ, जसको मूल्य १५,००० रुपैयाँ तोकिएको छ ।

टिकट ‘खल्ती बाइ आईएमई’मार्फत अनलाइन खरिद गर्न सकिने समेत क्यानले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top