ट्रेण्डिङ

होमपेज / खेलकुद

हङकङ सुपर सिक्सेस - पहिलो खेलमा नेपाल १७ रनले पराजित

नेपालगाथा २०८२ कार्तिक २१ गते शुक्रबार १०:१७:०३ मा प्रकाशित

काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ ।

आज हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको हो । टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनायो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए पनि राशिद खान र आदिल आलमले समान ११ रन जोड्दा लोकेश बमले १० रन मात्र जोडे । अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ३५ रन बनाएका थिए । फरमनुल्लाह सफी ३० रनमा अविजित रहे । गुल्बादिन नाइबले २२ रन बनाए ।

नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । लोकेश बमले १ विकेट लिए । नेपालले दोस्रो खेल भोलि दक्षिण अफ्रिकासँग खेल्ने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top