होमपेज / खेलकुद
काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज(शुक्रबार) नेपाल र अफगानिस्तान भिड्ने भएका छन् ।
हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा शुक्रबार बिहान पौने ९ बजेबाट सुरु हुने खेलमा आज नेपाल र अफगानिस्तान भिड्ने भएका हुन् । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शरद भेषावकरको कप्तानीमा सात सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो ।
अनुभवी ब्याट्सम्यान शरदको कप्तानीमा रहेको नेपाली टोलीमा सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान रहेका छन् । नेपालसहित विभिन्न १२ राष्ट्रको सहभगिता रहेको प्रतियोगिता चार समूहमा विभाजन गरिएको छ भने नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।
त्यसैगरी समूह ‘बी’मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन् । यो प्रतियोगिताका हरेक खेल समान छ÷छ ओभरको हुनेछ भने एक टिममा छ खेलाडीले खेल्न पाउने प्रावधान रहेको छ ।