ट्रेण्डिङ

होमपेज / खेलकुद

आइसीसी विश्वकप क्रिकेट लिग–२ - नेपाल र यूएई भिड्दै

नेपालगाथा २०८२ कार्तिक १३ गते बिहीबार ०९:१८:१२ मा प्रकाशित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल आज(बिहीबार) यूएईसँग भिड्दै छ । नेपाल र यूएईबीचको खेल बिहान ११:१५ बजे सुरु हुने भएकाे छ ।

लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दैछ । लिग–२ सिरिजमा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्ष स्थानमा रहेकाे छ ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मंगलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो । यसअघि सिरिजको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top