ट्रेण्डिङ

होमपेज / खेलकुद

एसिसी पुरुष यु–१६ इस्ट जोन कप - जापानविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

नेपालगाथा २०८२ असार १० गते मंगलबार १०:०९:२३ मा प्रकाशित

काठमाडौं । मलेसियामा जारी एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत जापानविरुद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा जापानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । भने नेपालले पहिला बलिङ गर्नेछ ।

नेपाल र जापानले दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो । भने, यता जापानले भने भुटानलाई पराजित गरेको थियो ।

एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् । भने समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top