ट्रेण्डिङ

होमपेज / खेलकुद

१२ वर्षपछि स्कटल्याण्डसँग टी-२० खेल्दै नेपाल

नेपालगाथा २०८२ असार ३ गते मंगलबार १०:५५:२३ मा प्रकाशित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत घरेलु टोली स्कटल्याण्डसँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार साँझ पौने ८ बजेदेखि शुरु हुनेछ।

सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने नेपाल नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको छ। 

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म एक टी–२० (२०१३) मा खेलिएको थियो जहाँ स्कटल्याण्ड विजयी भएको थियो। आईसीसीको टी–२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्ड्स १३औं स्थानमा रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top