ट्रेण्डिङ

होमपेज / खेलकुद

आज नेपाल र स्कटल्याण्ड भिड्दै

आइसिसी विश्वकप लिग–२

नेपालगाथा २०८२ जेठ २५ गते आइतबार ११:५६:३१ मा प्रकाशित

काठमाडौं । आज आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्याण्ड एक आपसमा भिड्दैछन् । आइतबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल स्कटल्याण्डसँग खेल्न लागेकाे हाे ।

यसअघिका शृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जितका निकालेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्स पनि पराजित भएको थियो ।

१४ खेल खेलेको नेपाल १० अङ्कसहित सातौँ स्थानमा छ । शृङ्खलामा अमेरिका २० खेलमा २८ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै, नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो तथा ओमान २० खेलमा २४ अङ्कसहित तेस्रो स्थानमा छ ।

स्कटल्याण्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा रहँदा क्यानडाको २० खेलमा २० अङ्क तथा नामिबियाको २० खेलमा १४ अङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top