ट्रेण्डिङ

होमपेज / खेलकुद

पञ्जाब आईपीएलको फाइनलमा प्रवेश

नेपालगाथा २०८२ जेठ १९ गते सोमबार ०७:३२:४५ मा प्रकाशित

काठमाडौं । पञ्जाब किंग्स आईपीएलको फाइनलमा प्रवेश गरेकाे छ । गए राति भएकाे आईपीएल २०२५ को क्वालिफायर-२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै पञ्जाव फाइनलमा प्रवेश गरेकाे हाे । योसँगै टोली ११ वर्षपछि आईपीएलको फाइनलमा प्रवेश गरेको छ । यसअघि टोलीले २०१४ सिजनको उपाधि खेलेको थियो । अब फाइनल जुन ३ मा पञ्जाब र बैंगलोरबीच हुनेछ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको खेलमा पञ्जाबले १९ ओभरमा २०४ रनको लक्ष्य पछ्याउँदै पञ्जाब किंग्सले फाइनल सुरक्षित गरेको हो ।

पञ्जाबका कप्तान श्रेयस अय्यरले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाउन सफल भए । उनले ४१ बलमा ८७ रनको अविजित इनिङ खेलेका थिए भने यो इनिङमा ५ चौका र ८ छक्का समावेश भएको थियो । १९औं ओभरमा बलिङ गरिरहेका अश्विनी कुमारको बलमा कप्तान श्रेयसले दुई छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । उनी खेलको प्लेयर अफ द म्याचसमेत चुनिए ।

श्रेयसका साथै नेहल वढेराले ४८ र जोस इन्ग्लिसले ३८ रन बनाउन सफल भए । जसमा अश्विनी कुमारले दुई विकेट लिए । टस हारेर ब्याटिङ गरेको मुम्बईका तिलक वर्मा र सूर्यकुमार यादवले ४४ रनको इनिङ खेले । जोनी बेयरस्टोले ३८ रन बनाए । पञ्जाबका अजमातुल्लाह उमरजाईले २ विकेट लिएका थिए ।

पञ्जाब आईपीएल २०२५ को फाइनलमा प्रवेश गरेसँगै टोलीले मे ३ मा बेंगलुरुको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top