होमपेज / खेलकुद
सुर्खेत । कर्णाली प्रदेश क्रिकेट संघले विपिनप्रसाद शर्माको नेतृत्वमा १६ सदस्यीय यू–१६ टोली घोषणा गरेको छ। कर्णाली प्रदेशमा हुने प्रतियोगिताका लागि नेपाल प्रिमियर लिग (एनपीएल) बाट उदायका क्रिकेटटर शर्माको कप्तानीमा टोली घोषणा गरिएको हो। यहीँ जेठ २१ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता हुनेछ। प्रतियोगिता नेपाल क्रिकेट संघको आयोजना र कर्णाली प्रदेश क्रिकेट संघको सहआयोजनामा वीरेन्द्रनगरमा हुने कर्णाली प्रदेश क्रिकेट संघले जनाएको छ।
प्रतियोगितामा सातै प्रदेशका टोली सहभागी हुनेछन्। क्रिकेट संघ कर्णाली प्रदेशका अध्यक्ष पदम खड्काले प्रतियोगिता वीरेन्द्रनगर नगरपालिकाको कालिनचौक र वीरेन्द्रनगर क्रिकेट मैदानमा सञ्चालन हुने जानकारी दिए।
१६ सदस्य टोलीमा काे काे परे ?
विपिनप्रसाद शर्मा (कप्तान)
नवीन न्यौपाने
भुपेन्द्रजङ्ग शाही
कस्तुप खड्का
अफराज आलम
कुन्जन आचार्य
रोशन शाही
कैलाश खड्का
विजय बोहरा
नेत्रविक्रम खत्री
विजय शाही
यकेन्द्र बुढा
निश्चल हमाल
युवराज थापा
नमनसिंह थापा
कुशल डाँगी