होमपेज / खेलकुद
काठमाडाैं । क्रिकबजको रिपोर्टका अनुसार जियो र स्टारले सोनीसँग १ महिनाका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । भारत र इङ्गल्याण्डबीचको ५ टेस्ट शृङ्खला आगामी जुन २० बाट सुरु हुँदैछ। खेलहरू सोनी टिभी र जियोहटस्टारमा अनलाइन प्रसारण हुनेछन्। आजकल आइपीएल पनि जिओहटस्टारमा प्रसारण भइरहेको छ।
सोनी र जियो स्टारबीचको अस्थायी सम्झौता अर्को वर्ष पनि जारी रहने जनाइएको छ भारतले २०२६ मा इङ्गल्याण्ड भ्रमणमा ३ ओडीआईसहित ५ वटा टि २० शृंखला पनि खेल्दैछ । सम्झौतापछि यसका खेलहरू ओटिटी मार्फत जियो हटस्टारमा पनि देखाइने छ।
सोनी टिभीले गत वर्ष मात्रै इङ्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) को प्रसारण अधिकार किनेको थियो। सन २०३१ सम्म सो अधिकार रहेको छ। यस अन्तर्गत भारतीय दर्शकहरूले इङ्गल्याण्डमा हुने सबै क्रिकेट खेलहरू सोनी च्यानल मा मात्र हेर्न सक्नेछन्। भारत र इंग्ल्याण्डबीचको टेष्ट शृंखलाको पहिलो खेल जुन २० देखि लिड्समा हुनेछ। दोस्रो टेस्ट जुलाई २ देखि बर्मिङ्घममा, तेस्रो टेस्ट जुलाई १० देखि लर्ड्समा, चौथो टेस्ट जुलाई २३ देखि म्यानचेस्टरमा र पाँचौं र अन्तिम टेस्ट लन्डनको ओभल मैदानमा जुलाई ३१ देखि अगस्ट ४ सम्म हुनेछ।