होमपेज / खेलकुद
काठमाडौं। आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको छ । थाइल्यान्डको तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदै १ विकेट गुमाएर जित निकालेको हो ।
वर्षाका कारण ५ ओभरमा खेलाइएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको बहराइनले १ विकेट गुमाएर ४१ रन बनाएको थियो ।
यसअघि पहिलो खेलमा वर्षाको कारण खेल नहुँदा नेपालले हङकङसँग अंक बाँडेको थियो ।