होमपेज / खेलकुद
सुर्खेत । एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सुर्खेत क्रिकेट संघले भाेलि मंगलबारदेखि वीरेन्द्रनगरमा पुरुष यू–१६ क्रिकेट प्रतियोगिताकाे आयाेजना गर्दैछ । हाल कर्णाली प्रदेशले क्रिकेटमा ठुलो उपलब्धी हासिल गरिरहेको र सुर्खेत जिल्लामा ग्रासरुट क्रिकेट खेल विकास गर्ने उद्देश्यले पहिलो पटक यो प्रतियोगिता आयोजना हुन लागेकाे सुर्खेत क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले बताए ।
अध्यक्ष केसीका अनुसार प्रक्रियोगितामा जिल्लाका १२ वटा विद्यालयका टिमले सहभागिता जनाएका छन् । लिग चरणको प्रतियोगितामा १५ वटा खेल हुनेछन्। उनका अनुसार भोलिबाट सुरु भएको प्रतियोगिता यही वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता वीरेन्द्रनगर स्थित कालिञ्चाैक किकेट मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेता टिमले ५१ हजार १११ रुपैंया पुरस्कार पाउनेछ । भने उप–विजेताका लागि २५ हजार १११ रुपैंया पुरस्कार घोषणा गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई सम्मान स्वरुप १ हजार र उत्कृष्ट बलर, ब्याटम्यान र सिरीस घोषणा हुनेलाई समान २ हजार ५०० रुपैंया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यो प्रतियोगितााट सुर्खेतको पुरुष यू–१६ क्रिकेट टिम छनोट गरिनेछ ।
हेर्नुहाेस् खेलतालिका
