ट्रेण्डिङ

होमपेज / खेलकुद

राष्ट्रिय खेलकुदको मिति पर सार्दा जनविश्वास गुम्छ - मुख्यमन्त्री कडेल

नेपालगाथा २०८१ फाल्गुण २० गते मंगलबार २०:३६:३२ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गरेका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको आज काठमाडौँमा सम्पन्न बैठकमा मुख्यमन्त्री कडेलले पटक पटक मिति सार्ने कामले प्रतियोगितालाई अन्यौल बनाउने र जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न खेलकुद परिषद्लाई आग्रह गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषदले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २ देखि १० गतेसम्मको मिति तय गरेको छ । पटक–पटक मिति सरे पछि आजको बैठकमा मुख्यमन्त्री कडेलले जेठ भन्दा पर जान नसकिने धारणा राखेका हुन् । मुख्यमन्त्री कडेलले भने, ‘अहिलेको प्रस्तावित मिति त्यति अनुकूल होइन तर, त्यो भन्दा पर जान सक्ने स्थिति छैन ।’ 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top